ब्राजिलमा एकैदिनमा ७० हजार सङ्क्रमित, तीन हजारको मृत्यु
एजेन्सी । ब्राजिलमा एकैदिनमा सङ्क्रमितहरुको सङ्ख्या बढ्ने क्रममा ७० हजार नाघेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाभाइरसबाट ७० हजार २३८ जना सङ्क्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा ब्राजिलमा कोरोनाभाइरसका कारण दुई हजार ९२२ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट एक करोड २९ लाख १० हजार ८२ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख २८ हजार २०६ पुगेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।
दक्षिण अमेरिकी मुलुक ब्राजिल कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकहरुको सूचीमा दोस्रो अग्रस्थानमा रहेको छ । सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने ब्राजिलपछि तेस्रोमा धेरै प्रभावित मुलुकको सूचीमा भारत रहेको छ । सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म तीन करोड १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पाँच लाख ६७ हजार ६०० भन्दा बढीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण