नयाँ शक्ति, कपिलवस्तुद्धारा उम्मेदवार शिफारिस
कपिलवस्तु - आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कपिलवस्तुमा नयाँ शक्ति पार्टीले उम्मेदवार छानेको छ ।
प्रतिनिधिसभा ३ र ६ वटा प्रदेशसभा क्षेत्र रहेको जिल्लामा पार्टीको छैठौं जिल्ला सचिवालय बैठकले उम्मेदवारको नाम टुङगो लगाएको हो ।
प्रतिनिधिसभा (प्रत्यक्ष)
प्रतिनिधिसभा प्रत्यक्षतर्फ क्षेत्र नं. १ मा प्रदेश संयोजक दानबहादुर चौधरी र राम लौटन तिवारी, क्षेत्र नं.२ मा इन्द्रमणि पौडेल र क्षेत्र नं. ३ मा इलियास मुसलमानलाई शिफारिस गरिएको छ ।
प्रदेशसभा
प्रदेशसभा तर्फ क्षेत्र नं. १ को (क) मा मेघनाथ पौडेल र (ख) मा सुरेन्द्र तिवारी, क्षेत्र नं. २ को (क) मा सन्तोष पाण्डे, (ख) मा राजेन्द्रमणि पाठक, क्षेत्र नं. ३ को (क) मा मसहुद खाँ नेपाली, (ख) मा देव बहादुर भुसाललाई सिफारिस गरिएको छ ।
प्रतिनिधिसभा (समानुपातिक)
त्यसैगरी प्रतिनिधिसभाको समानुपातिक तर्फ जिल्ला संयोजक नारायण खनाल, विष्णुहरि शर्मा, अब्दुल मोबिन मुसलमान, कुञ्ज विहारी चौधरी र मोहम्मद तौफिक खाँको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको पार्टि जिल्ला संयोजक नारायण खनालले रातोपाटीलाई बताए ।
प्रदेशसभा (समानुपातिक)
प्रदेशसभाको समानुपातिक तर्फ क्षेत्र नं. १ मा चोपलाल राहुल, इन्द्रमणि चौधरी र विन्द्रावती तिवारीको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेनं. २ तर्फ आत्माराम पौडेल र छविलाल हरिजन, क्षेत्र नं.३ तर्फ मोहम्मद इस्हाक र मुकुट यादवको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा डेंगुविरुद्धको खोप कहिले भित्रिन्छ ?
-
‘च्याटजीपीटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण