बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त ९ महिनापछि पक्राउ
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बैंकिङ कसुर मुद्दामा फरार एक व्यक्तिलाई नौ महिनापछि पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा बिगत नौ महिनादेखि फरार रहँदै आएकी जिल्ला तनहुँ भानु नगरपालिका–१२ मिर्लुङ स्थायी घर भएका वर्ष २७ की आशा थापा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको विसं २०७७ असार १४ गतेको फैसलाले दुई दिन कैद र रु छ लाख जरिवाना हुने गरी फैसला सुनाएकोमा उक्त तोकिएको कैद जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेकी अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
विसं २०७७ चैत्र २२ गते बेलुकी काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका–९ स्थित फेला पारी पक्राउ गरेको थियो । तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले कारागार चलानको लागि फैसला गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यसैगरी अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने चार एक्साभेटर, दुई जेसिभिसहित चार ट्याक्टर र तीन टिपर गरी जम्मा १३ सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्लाको म्याग्दे गाउँपालिका–५ छाङ्पाटनस्थितमा रहेको नदी बगरबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ग १ क २८७९ को जेसिभिलाई इलाका प्रहरी कार्यालय भिमाद तनहुँबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएर म्याग्दे गाउँपालिकाको कार्यालय तनहुँमा पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण