कपिलवस्तुमा १२ वर्ष अघिको गोलीकाण्डका अभियुक्त पक्राउ
बुटवल । कपिलवस्तुमा १२ वर्षअघि ४२ वर्षीय विश्वनाथ यादवलाई गोली हानेर भागेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले हत्यामा संलग्न असलम मुसलमानलाई पक्राउ गरेको हो । उनलाई यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट पक्राउ गरिएको कपिलवस्तुका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
कपिलवस्तुको शिवपुरमा १४ साउन २०६५ मा असलामले प्रहार गरेको गोली लागेर विश्वनाथको मृत्यु भएको थियो । जिल्ला अदालतले २ जेठ ०६९ मा असलमलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । अदालतको फैसलापछि उनी फरार थिए । उनीसहित चुलबुल यादव भन्ने हरिलाल यादव, आलमगिर मुसलमान भन्ने आलम शेषले मृतक यादवलाई घरबाट बाहिर बोलाएर घाँटी र दाहिने छातीमा गोली प्रहार गरि हत्या गरेका थिए । मुसलमानलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण