सर्वोच्च बारले भन्यो–सर्वोच्चमा नहकुलको योग्यता पुगेको छैन
शुक्रबार, २७ चैत २०७७, २२ : ४१
काठमाडौं । सर्वोच्च अदालत वार एसोसिएसनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका नहकुल सुवेदीको नियुक्ति र छनोट प्रकृया गलत रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश सुवेदीको सर्वोच्चको न्यायाधीश हुन योग्यता नपुगेको दावी गरे ।
सुवेदीको हकमा उच्च अदालतमा न्यायाधीशको रुपमा ५ वर्ष काम नगरेको तथा राजनीतिक रुपमा नियुक्त गरिएको भन्दै आपत्ति जनाए । ‘जन्म मिति हेरेर न्यायाधीश नियुक्त गर्ने परम्पराको सुरुवात भयो । यो गलत छ । यसले न्यायपालिका राजनीतिको शिकार बन्ने चिन्ता छ’ शाक्यले पत्रकार सम्मेलनमा भने, ‘सक्षम र इमान्दार व्यक्तिको छनोट हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।’ शाक्यले यसबारे न्यायपरिषद र संसदीय सुनुवाइका सभापतिको ध्यानकर्षण गरिसकेको समेत जानकारी दिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण