डिजेल खन्याउने क्रममा रुपन्देहीस्थित पेट्रोल पम्पमा आगलागी
सोमबार, ३० चैत २०७७, १० : १९
गएराति रुपन्देहीको एक पेट्रोल पम्पमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । साँझ पख आयल निगमबाट डिजेल लिएर आएको ट्याङ्करबाट तेल खन्याउने क्रममा गैडहवा गाउँपालिका वडा नं ७ गुलरिया चोकमा रहेको पेट्रोल पम्पमा आगलागी भएको हो ।
आगलागी नियन्त्रण गर्ने क्रममा पम्प सञ्चालक हेमन्त चौधरी घाइते भएको र उनलाई तत्काल उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए ।
बिहान पोखरेललाई सम्पर्क राख्दा ४ सय लिटर पेट्रोलियम पदार्थ जलेर नष्ट भएको जानकारी भए पनि थप क्षतिको विवरण सञ्चालक स्वयमले तयार पार्दै रहेको बताए ।
डिजेल बोकेर आएको ट्यांकर समेत जलेर नष्ट भएको जनाइएको छ । दुईवटा वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण