रुपन्देहीमा खनाल–नेपाल पक्षको समानान्तर कमिटी घोषणा
बुटवल । पार्टीभित्रको विवादपछि एमालेभित्र समानान्तर कमिटी गठनले तीव्रता पाएको छ । सोही क्रममा झलनाथ खनाल–माधव नेपाल पक्षले रुपन्देहीमा राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको छ ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा आज जिल्ला कमिटी घोषणा भएको हो ।
जिल्ला विस्तारित बैठकपछि भएको सो कमिटीको उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।
क्षेत्रीय कमिटी, पालिकास्तरमा गठन गर्ने तयारी भईरहेको उपसचिवमा सिद्धिचरण भट्टराईले रातोपाटीलाई बताए ।
यसअघि खनाल नेपाल पक्षले लुम्बिनी प्रदेशका ४ जिल्लाहरुमा समानान्तर कमिटी घोषण गरेको थियो । सवैभन्दा पहिले अर्घाखाँची जिल्लामा समानान्तर कमिटी बनाएको एमालेले नवलपरासी, बाँके, प्युठान पुनर्गठन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण