१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
आज २०८३ साउन २ गते शनिबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ।
१. सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने चर्चा
सरकारले १ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ। यस निर्णयसँगै सिक्कामा रहेको चुच्चे नक्सा हट्ने चर्चा चलेको छ र यसको आलोचना भइरहेको छ।
२. २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको दोस्रो बैठकले जल तथा मौसम विज्ञान विभागबाट जारी विशेष बुलेटिनका आधारमा विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।
३. सार्वजनिक खरिद ऐन संशोधन
सरकारले पूर्वाधार विकासलाई तोकिएकै समयमा गुणस्तरीय रूपमा सम्पन्न गर्ने उद्देश्यले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन गरेको छ।
४. लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
लोसपा र जसपा नेपालबीच एकता भएको ६ महिना बितिसक्दा पनि पार्टी समायोजन हुन नसक्दा दुवै दलले छुट्टाछुट्टै बैठक बोलाएका छन् ।
५.अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा
उच्च अदालत पोखराको उजुरी झन्डै एक वर्षदेखि कास्की जिल्ला प्रहरी कार्यालयमा थन्किएको छ, जसले गर्दा अदालत आफैँ अन्यायमा परेको छ ।
६. सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
काठमाडौँ र धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनभित्र सञ्चालनमा आउने तयारीमा छ।
७. शनिबार विशेष
८. माइतीघरमा वरिपरि आन्दोलन
शनिबार माइतीघर वरिपरि विभिन्न क्षेत्रका पीडितहरुले आन्दोलन गरेका छन् । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकदेखि युवाहरुले सरकारसँग आ–आफ्ना माग राखेर आन्दोलन गरेका हुन् । त्यस्तै, यसअघि सिंहदरबार गेटमा धर्ना दिँदै आएका निहारिका राजपूत र बिनु यादवले आज पनि रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ बजाएर प्रतीकात्मक विरोध प्रदर्शन गरेका छन् ।
९. फिफा विश्वकप विशेष
१०. सरकारको नियतमा शङ्का छैन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा कुनै पनि शङ्का नगर्न आग्रह गरेका छन्।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण