ललितपुरमा ‘डबल म्युटेन्ट भेरियन्ट’ भेटियो, संक्रमित सम्पर्कविहीन
काठमाडौं—नेपालमा ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि भएको छ । नेपालले तीन हप्ताअघि हङकङमा १५ वटा नमुना परीक्षणका लागि पठाएको थियो । १५ वटा नमुना मध्ये एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले बताए ।
ललितपुरका एक व्यक्तिमा भारतमा देखिएको जस्तै डबल म्युटेन्ट भेरियन्ट पुष्टि भएको उनकाे भनाइ छ । ललितपुरका ती व्यक्तिको स्वाब एक महिना अगाडि संकलन गरिएको थियाे । ‘नेपालमा नयाँ प्रजातिको भाइरस फैलिएको आशंकामा तीन हप्ताअघि ‘जिन सिक्वेन्सिङ’ को लागि नमुना बाहिर पठाएका थियौँ,’ उनले भने, ‘ललितपुरका डबल म्युटेन्ट भेरिएन्ट पुष्टि भएकाति व्यक्ति सम्पर्कमा छैनन्, हकङकबाट रिपोर्ट आउन ढिला भयो, अब हामी भोलिदेखि ति र उनको सम्पर्कमा आउनेका यात्रा इतिहास पत्ता लगाउँछौं ।’
हङकङमा एस जिन नेगेटिभ भएका १० र ५ वटा पीसीआर पोजेटिभ भएका नमुना जिन सिक्वेन्सिङका लागि हङकङ पठाइएको थियो ।
डा. पौडेलकाअनुसार काठमाडौंका ४, भक्तपुरका २, कास्कीका २, नुवाकोटका १ जनामा ‘युके भेरियन्ट’ पुष्टि भएको छ । संक्रमण पुष्टि हुने अधिकांश २१ देखि ५९ वर्ष उमेर समूहका रहेको उनले बताए । नमुना लिएकोमध्ये एकजना दार्चुलाका एक व्यक्तिको भने नयाँ भेरिएन्ट पुष्टि नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण