प्रदेश नम्बर तीनको मुख्यमन्त्री बन्ने गगनको इच्छा
काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता गगन थापाले आफूलाई प्रदेश नम्बर तीनको भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्न पार्टीसमक्ष आग्रह गरेका छन् ।
एक टेलिभिजनलाई अन्तर्वाता दिँदै थापाले मुख्यमन्त्री बन्ने आफ्नो इच्छा व्यक्त गरेका हुन् ।
थापाले आफ्नो कुरा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमेतलाई राखेको जानकारी दिएका छन् ।
उनले भने, ‘तीन नम्बरको जिम्मा मलाई दिनुस् । मलाई भन्दिनुस् पार्टीले । हाम्रो पार्टीले जित्यो भने, गगन थापा मुख्य मन्त्री हुन्छ भन्दिनुस् । मलाई जिम्मा दिनुस् । हामी यहाँ कमजोर अवस्थामा छौ ।’
उनले नेपाली कांग्रेसले सात वटै प्रदेशको मुख्यमन्त्री यो हुन्छ र यो प्रदेशमा हामी जित्यौं भने यो गर्छौँ भनेर एजेण्डासहित जानुपर्ने कुरा पनि राखे ।
पूर्व मन्त्रीसमेत रहेका थापाले आफू यो ‘रिक्स’ लिन तयार रहेको बताउँदै देउवालाई मौका दिन आग्रह गरेको खुलासा गरे ।
‘म हारें, म एक सानो ठाउँमा खुम्चिएर बस्नुपर्छ । मैले पार्टी जितउन सकें भने बल्ल मैले मौका पाउँछु । रिक्स त मैले लिएको हुँ नी । भनने कुरा मैले पार्टी सभापतिलाई भनेको हुँ,’ थापाले भने, ‘अब मलाई दिनुहुन्छ दिनुहुन्न थाहा छैन ।’
पार्टीले आफूलाई मुख्यमन्त्रीको उम्मेदवार नबनाए काठमाडौँको क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने उल्लेख गरे ।
थापाले यसअघि आफू काठमाडौंको मेयर बन्ने कुरा बाहिर साथीहरुले अनुमानका आधारमा गरेको पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण