बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६० हजार नाघ्यो

बिहीबार, ०२ वैशाख २०७८, १५ : ५०
बिहीबार, ०२ वैशाख २०७८

एजेन्सी । ब्राजिलमा २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणको कारण ३ हजार ४५९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४ पुगेको छ ।  सोही अवधिमा ७३ हजार ५१३ थप व्यक्तिमा कोरोना भाइरसको सङक्रमण भएपछि कुल सङ्क्रमितको संख्या एक करोड ३६ लाख ७३ हजार ५०७ जना पुगेका सो मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलको साओ पाउलो शहर कोरोना भाइरसको कारण अति प्रभावित भएको छ । यहाँ कोरोना भाइरसको माहामारी शुरु भएदेखि हालसम्म २६ लाख ८६ हजार ३१ जना सङ्क्रमित भएका छन् भने सङ्क्रमणबाट ८५ हजार ४७५ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा जनवरी १७ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म तीन करोड २१ लाख ५० हजार व्यक्ति खोप लगाएका छन् ।  ब्राजिलमा गत जनवरीदेखि कोरोना नयाँ लहर देखिएको र देशका धेरै राज्यको स्वास्थ्य सेवा प्रणालीहरूमा अधिक भार परेको जनाइएको छ । –सिन्हवा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप