अङ्ग्रेजलाई पराजित गरेको ऐतिहासिक दिन विजय उत्सव मनाइयाे
नेपाल–अङ्ग्रेज युद्धमा नेपालले जीत हासिल गरेको ऐतिहासिक स्थल बुटवलको जीतगढी किल्लामा सम्झना स्वरुप आज जीतगढी विजयी उत्सव दिवस मनाएको छ । विगतमा वर्षमा भव्य रुपमा दिवसलाई मनाउने गरिएपनि आज भने कोरोना कारणले स्वास्थ्य मापदण्ड अपनाएर मनाइएको हो ।
वि.सं. १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई पराजित गरेको थियो । विजय उत्सव दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले आज सम्पदा स्थलमा कार्यक्रमको आयोजना गर्दै कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरिएको छ ।
जीतगढीको संरक्षण गर्दै पर्यटनको केन्द्र बनाउने गुरुयोजना
किल्लालाई संरक्षण गर्दै पर्यटनको केन्द्र बनाउने गुरुयोजनाअनुरुप उपमहानगरले अहिले धमाधम काम गरिरहेको छ । जीतगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरि बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ ।
जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक, उनीसंगै लडेका नेपाली सेनाका १२ जना कमाण्डरहरुको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरि गुरुयोजना अनुरुपका काम अगाडि बढेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । त्यतिबेला खनिएको सुरुङको उत्खनन् गरी संरक्षण गर्ने काम पनि भइरहेको छ ।
जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा लिएर त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृत महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्ने गरि गुरुयोजना बनाइएको प्रमुख सुवेदीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण