राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् । उनले आफ्नो ट्वीटर पेजमा भनेका छन्, “सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा मेरो निकटमा आएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला ।”
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन् । गान्धीले पछिल्लो केही समयदेखि कोरोना महामारीका बीच केरला, पश्चिम बंगाल, आसाम, तामिलनाडुलगायतका क्षेत्रमा चुनावी र्यालीहरुमा सहभागी भएका थिए । तर उनले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्यालीहरूलाई दुई दिन पहिले स्थगित गरेका थिए । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि आफूले सबै र्यालीहरू स्थगित गरेको र यसबारे अरु पार्टीका नेताहरूलाई पनि सोच्न गान्धीले आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण