राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् । उनले आफ्नो ट्वीटर पेजमा भनेका छन्, “सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा मेरो निकटमा आएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला ।”
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन् । गान्धीले पछिल्लो केही समयदेखि कोरोना महामारीका बीच केरला, पश्चिम बंगाल, आसाम, तामिलनाडुलगायतका क्षेत्रमा चुनावी र्यालीहरुमा सहभागी भएका थिए । तर उनले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्यालीहरूलाई दुई दिन पहिले स्थगित गरेका थिए । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि आफूले सबै र्यालीहरू स्थगित गरेको र यसबारे अरु पार्टीका नेताहरूलाई पनि सोच्न गान्धीले आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मेलो न मेसोका मन्त्री हुने गरेका छन् : प्रधानमन्त्री प्रचण्ड
-
सभामुख र प्रधानमन्त्रीबिच नीति तथा कार्यक्रमबारे छलफल
-
उपेन्द्र यादवद्वारा राजीनामा
-
राजनीतिमा आउलान् अल्लु अर्जुन ?
-
बढ्यो नेपाल टेलिकमको नाफा, ९ महिनामा कमायो ५ अर्ब ५९ करोड
-
सुनकोशी–मरिन डाभईभर्सन : सुरुङ ब्रेकथ्रुपछि के–के काम अझै छन् बाँकी ?