ओली नेपालबीच आइसब्रेक : होटल मेरियटमा छलफल
बुधबार, ०८ वैशाख २०७८, १३ : ००
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक होटल मेरियटमा छलफल भएको हो । दुई नेताबीचको भेटमा पार्टीको विवादबारे छलफल भएको बताइएको छ । दुई नेताबीचको भेटअघि प्रधानमन्त्री ओली र नेता योगेश भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।
यो बीचमा ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन् । यता नेपाल पक्षले पनि केन्द्रीय नेतृत्व बाहेक सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।
मंगलबार मात्र ओलीले नेपालसहित ३२ जना सांसदलाई प्रष्टीकरण सोधेका थिए । पार्टीभित्र देखिएको बढ्दो विवादलाई आइसब्रेक गर्दै ओली र नेपाल छलफलमा जुटेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण