कस्तुपको ‘सिलौटोमा चटनी’ ज्योति र प्रितिको ठुम्का
बिहीबार, ०९ वैशाख २०७८, १० : २६
काठमाडौंँ । गायक, सर्जक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीत ‘सिलौटोमा चटनी’ सार्वजनिक भएको छ ।
कस्तुपले गीत आज परेको आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् । कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिश अविरलको संगीत संयोजन छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा राजमी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिती आलेले नृत्य देख्न सकिन्छ । भिडियो शंकर विसीले निर्देशन गरेका हुन् ।
अमृत चापागाईंको सम्पादन, दुर्गा पौडेलको छायाँकन भिडियोमा रहेको छ ।
हाम्रा बाउ बाजेले गाउने गरेको रोइलालाई अहिलेको चलनचल्तीका शब्दहरु र श्रृंगारिक शब्दमा भरेर गीत ल्याएको संगीतकार पन्तले बताए । दर्शकको रुचि अनुसार भिडियोमा अहिले चलेका गायक गायिका समेटिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण