दाङका ६ स्थानीय तहमा छैनन् दमकल
दाङ । दाङका छ स्थानीय तह अझै दमकल विहीन छन् । जिल्लाका १० स्थानीय तहमध्ये चार तहमा मात्रै दमकल रहेका छन् । दमकल नभएका स्थानीय तहमा आगलागी भएमा अन्य स्थानीय तहसँग मागेर काम चलाउनुपर्ने बाध्यता रहेको छ ।
घोराही तथा तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकामा मात्रै दमकल छन् । तीमध्ये घोरामा दुई, तुलसीपुरमा एक, लमहीमा दुई र गढवामा एक दमकल छ । दङ्गीशरण, शान्तिनगर, राजपुर , बङ्गलाचुली, बबई र राप्ती गाउँपालिकासँग दमकल छैनन् ।
बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले आगामी कार्यपालिका बैठकमा दमकल खरिदको प्रस्ताव राख्ने जानकारी दिए । बङ्गलाचुली गाउँपालिकामा पहाडी भूभाग भएकाले दमकल ल्याउन समस्या भएको बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष यमुना घर्तीले बताइन् । उनका अनुसार गाउँपालिकाका सबैजसो भूभाग पहाडी छ, आगलागी भएको स्थानमा दमकल जान सक्ने अवस्था नै रहँदैन । यसैले दमकललाई प्राथमिकतामा नराखेको र खरिद प्रक्रियालाई अघि नसारिएको हो ।
त्यस्तै दङ्गीशरणका अध्यक्ष भागीराम चौधरीले दमकल खरिद गर्नसक्ने र यसका लागि कर्मचारीलाई तलब दिने समस्या भएको बताए। यस्तै शान्तिनगरले दमकल खरिद गर्ने विषयमा कुरा नउठेको गाउँपालिका उपाध्यक्ष मिथिला शाहले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण