देउवाद्वारा न्यौपानेको निधनप्रति दुःख व्यक्त
शुक्रबार, १० वैशाख २०७८, १८ : २७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति दोलखाका पूर्वसभापति एवम् महासमिति सदस्य देवीप्रसाद न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन् । न्यौपानेको तामाकोशी गाउँपालिका–३ मा आफ्नै घर नजिकै रहेको रैकर भन्ने ठाउँमा रुख ढल्दा रुखले थिचेर बिहीबार निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले दुखित बनाएको उल्लेख गर्दै उनको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । कांग्रेसले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ । न्यौपानेका श्रीमती, दुई छोरा र पाँच छोरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण