वीरेन्द्रनगरमा मात्र २४ घण्टामा एक सय १९ जनामा कोरोना पुष्टि
सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि कोरोनाको ग्राफ ह्वात्तै बढेको छ । जसको कारण कोरोनाको स्थिति भयावह हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा ११९ जनामा कोरोना भाईरस पुष्टि भएको छ । संक्रमितमध्ये विद्यार्थी २१, कर्मचारी १९, शिक्षक १९, गृहिणी १४, बैंक र सहकारीका कर्मचारी १२, सुरक्षाकर्मी सात, कृषि, व्यवसायी र स्वास्थ्यकर्मी पाँच–पाँच जना छन् । यस्तै, भारतबाट फर्केका ५ जना, ३ जना पत्रकार, चालक दुई र राजनीतिज्ञ एक जना रहेका छन् ।
पहिलो चरणका कोरोनाबाट मान्छेहरु निकै डराएर जनस्वास्थ्यका मापदण्डहरु अपनाउने गरेपनि दोस्रो लहरमा भने खासै नागरिकहरुले स्वास्थ्यका मापदण्ड नअपनाएको प्रदेश अस्पतालमा कार्यरत कोरोना फोकल पर्सन डा. के एन पौडेल बताउँछन् ।
कर्णालीका अधिकांश नागरिकहरु रोजगारीको सिलसिलामा भारत जाने गरेका छन् । भारतमा कोरोनाको अबस्था जटिल बन्दै गएपछि गाउँ फर्कनेहरुका लर्को उस्तै छ । तर, चेकजाँचमा भने कडाई हुन सकिरहेको अबस्था छैन ।
अर्को कुरा सवारी साधनहरुमा पनि खासै मापदण्डहरु अपनाइएको देखिँदैन । सुर्खेतदेखि विभिन्न रुडमा चल्ने सवारी साधनले पैसा कमाउने उद्देश्यले प्रहरीलाई छलेर सिट क्षमताभन्दा धेरै मान्छे ओसारपसार गर्ने गरेको यात्रुहरुले गुनासो गर्ने गरेका छन् ।
‘जहाँ बाट कोरोना संक्रमण हुन सक्छ,’ डा। पौडेल भन्छन् , ‘नागरिकहरुले केही हुँदैन भन्ने बानी पारेको बुझिन्छ । तर, यस्तो राम्रो होइन ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण