बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

बिहीबार, ३२ असार २०८३, ०६ : १३
बिहीबार, ३२ असार २०८३

सारांश

  • वि.सं. २०८३ साल असार ३२ गते बिहीबारको राशिफल अनुसार आज श्री जगन्नाथ रथयात्रा र काफल दिवस सिंजा मनाइँदैछ ।
  • आजको दिनमा मेष राशीका व्यक्तिहरूलाई शुभ माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
  • विभिन्न राशीका व्यक्तिहरूका लागि आजको दिन शुभ, लाभदायी तथा केही चुनौतीहरू पनि लिएर आएको छ ।

वि.सं.२०८३ साल असार ३२ गते । बिहीबार । ईश्वी सन् २०२६ जुलाई १६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीम्म ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्ष । तिथि–द्वितीया, बिहान ११ बजेर ४० मिनेट उप्रान्त तृतीया । 

नक्षत्र–अश्लेषा, बेलुकी ११ बजेर ४० मिनेट उप्रान्त मघा । योग–बज्र, बिहान ८ बजेर २० मिनेट उप्रान्त सिद्धि । करण–कौलव, बिहान ११ बजेर ४० मिनेट उप्रान्त तैतिल, बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त गर । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कर्कट, बेलुकी ११ बजेर ४०  मिनेट उप्रान्त सिंह ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी १० पला ।

दिन विशेष :  श्री जगन्नाथ रथयात्रा, काफल दिवस सिंजा

आजको बार बेला 
बिहान ५ बजेर १९ मिनेटसम्म शुभ बेला ।
बिहान ५ बजेर २० मिनेटदेखि बिहान ७ बजेर २ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर ३ मिनेटदेखि बिहान ८ बजेर ४४ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर ४५ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर २८ मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म लाभ बेला ।
दिउसो १२ बजेर १० मिनेटदेखि दिउसो १ बजेर ५२ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर ५३ मिनेटदेखि दिउसो ३ बजेर ३४ मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर ३५ मिनेटदेखि बेलुकी ५ बजेर १७ मिनेटसम्म शुभ बेला ।
बेलुकी ५ बजेर १८ मिनेटदेखि बेलुकी ८ बजेर १७ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउसो १ बजेर ५१ मिनेटदेखि दिउसो ३ बजेर ३४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ  ।

ब्रहा मुहूर्त
बिहान ३ बजेर ४३ मिनेटदेखि बिहान ४ बजेर ३१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभ माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा सामीप्य बढेर जाने तथा जीवन साथीसँगको सम्बन्ध थप सुमधुर हुनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सवारी साधन तथा अटो पार्टस्को  खरिद बिक्रीबाट मनग्गे आम्दानी हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको साथ समर्थन पाइने योग रहेको छ । खेलकुद तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शाहसी तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरूमा आत्मीयता थप प्रगाढ हुनेछ । अनलाइन व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वबाट सम्मान पाइने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) धनस्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । खेल क्षेत्र तथा पराक्रमी क्रियाकलाप सहभागी भई आफ्नो प्रस्तुति दिन सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । पढाइ लेखाइमा अलि बढी मेहनतको खाँचो पर्ने देखिन्छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेको छ । तर पनि विदेशी लगानीबाट सञ्चालित संस्थाबाट भने मनग्गे मुनाफा कमाउन सकिनेछ । विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागि समय फलदायी रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अनलाइन व्यापार तथा सेयर बजारको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवस्यक्ताहरु परिपूर्ति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । शेयर बजार तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । प्रेमील जोडीहरूका लागि समय उत्तम रहेको छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समस्याहरुको सजिलै समाधान गरी उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै छुटिदा मन प्रसन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो खटाइमा बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाइ लेखाइमा कमी कमजोरी भएको अनुभूति हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुँदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेको छ । तर पनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रेमको बन्धन कसिलो हुने तथा जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । इष्टमित्र तथा सहयोगीले साथ दिनुहुँदा दैनिकी सहज रूपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगति हुनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।  प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । पढाइ लेखाइमा गरिएको मेहनतेबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्ट तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।  

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पति पत्नी बिचको सुमधुर सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ  । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा हुनेछ ।  राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुराउनेछ । अध्ययनमा उच्चता हासिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ  । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप