माधव नेपालसहित ४ नेताको रिट ‘हेर्न नभ्याइने’मा
आइतबार, १२ वैशाख २०७८, १५ : ५४
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ जना नेताको रिटको सुनुवाई हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको बेन्चमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको थियो ।
बिहीबार वारेस तिलकबहादुर थापामार्फत् चारजना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट दायर गर्नेमा माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तरिकाले आफूहरुलाई स्पष्टीकरण सोधेको र निलम्बन गरेको विरुद्ध उनीहरु अदालत गएका थिए ।
नेपालसहितका नेताहरुले नेकपा एमालेका अध्यक्ष ओली र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : मार्को रुबियो
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण