बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सेनाको कन्टेनरको ठक्करबाट एक महिलाको मृत्यु

सोमबार, १३ वैशाख २०७८, २२ : ०४
सोमबार, १३ वैशाख २०७८

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित बटाला चोक नजिकै नेपाली सेनाको कन्टेनरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 
सुर्खेत प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय बर्ष ४७ की मनिकला भट्ट रहेकी छन् । 

सुर्खेत विमानस्थल भित्र रहेको नेपाली सेनाको राजदल गणको १ ग ३४८९ नम्बरको उक्त ट्रकले मनिकलालाई ठक्कर दिएको थियो । 
उनको उपचारका क्रममा  निधन भएको प्रहरीले बताएको छ ।  
चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थानीयले नाराबाजी गरेसँगै सो क्षेत्र तनावग्रस्त बनेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप