भारतीय प्रधानमन्त्री मोदीलाई पारिवारिक शोक, कोरोना संक्रमणबाट काकीको निधन
मङ्गलबार, १४ वैशाख २०७८, २३ : ५६
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको कोरोना संक्रमणका कारण निधन भएको छ । प्रधानमन्त्री मोदीकी काकी नर्मदाबेन मोदीको मंगलबार संक्रमणका कारण निधन भएको हो । नर्मदाबेन मोदीलाई कोरोना संक्रमण भएपछि अहमदाबादको एक अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । मोदीका कान्छा भाई प्रल्हाद मोदीले बीबीसीसँग कुरा गर्दै नर्मदाबेनको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेका छन् । नर्मदाबेनका पति जगजीवनको भने केही वर्षअघि नै निधन भैसकेको छ । जगजीवन नरेन्द्र मोदीका पिताका भाइ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण