ब्राजिलमा कोभिडबाट तीन लाख ९५ हजारको मृत्यु
एजेन्सी । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलबार मात्र कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका तीन हजार ८६ जनाको एकै दिनमा ज्यान गएको हो ।
योसँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजारभन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ । त्यसैगरी सोही अवधीमा थप ७२ हजार भन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ४४ लाख ४१ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभ आइरहेका छन् । अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।
यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९२ हजारभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब २९ लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण