बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए सपथ, आजै पदभार ग्रहण गर्ने
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ३ जना मन्त्रीहरु तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नियुक्त गरेका नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीलाई पद र गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री पौडेलले नुवाकोटका केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, सिन्धुपाल्चोकका सरेस नेपाललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, दोलखाकी सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा.रामकुमार अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीहरु तथा राज्य मन्त्रीले आजै पदभार सम्हाल्ने जनाइएको छ । गत पुस १० गते मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले जनताप्रति उत्तरदायी नभएको र जनभावनाअनुसार काम गर्न नसकेको भन्दै तत्कालीन नेकपाका ४५ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए भने सोही दिन तत्कालीन नेकपाका ३ जना मन्त्रीहरुले संयुक्त रुपमा राजीनामा दिएका थिए ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले संयुक्त रुपमा राजीनामा पेश गरेका थिए । उनीहरुको राजीनामासँगै विगत ४ महिनादेखि प्रदेशका ३ मन्त्रालय मन्त्री विहिन रहेको थिए भने सो मन्त्रालयको सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण