चिनियाँ खोप लगाउने अभियान आजदेखि स्थगित
काठमाडौं—कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सरकारले बिहीबारदेखि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने अभियान वैशाख १६ गते अर्थात आजबाट स्थगित गरेको प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले बताए ।
परिवार कल्याण महाशाखा अन्र्तगत खोप शाखाले यस अघि १६ गते भेरोसेल खोपको पहिलो मात्रा लगाइने जानकारी दिएपनि बुधबारबाटै स्थागित गरेको हो । भेरोसेल खोप चीन सरकारले ८ लाख डोज नेपाल सरकारलाई अनुदान सहयोगमा उपलब्ध गराएको थियो । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज मध्ये पहिलो मात्रामा ४ लाखलाई चैत्र २५ गतेदेखि ७ जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन गरिएको थियो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई दिइएको थियो ।
यस्तै भेरोसेल खोप यस्तै यसअघि लगाउन छुटेका अग्रपङ्क्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफूल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुले लगाएका छन । चिनियाँ भेरोसेल खोप करिब ३ लाखले लगाएपछि उपत्यकाका सिमित अस्पतालबाट आम सर्वसाधारण १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकले लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण