भारतबाट आएकाहरुलाई एकान्तवासमा राखौं : विप्लव
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भारत लगायतका देशबाट आउने आप्रवासीहरूलाई नियन्त्रणमा लिन र आएकाहरुलाई एकान्तवासमा राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एक विज्ञप्ति जारी गरी आप्रवासीहरूलाई नियन्त्रण गर्ने, एकान्तवासमा राख्न र बिरामी परेका सबैको उपचार गर्ने विषयमा ध्यान दिन आग्रह गरेका हुन् ।
कोरोना महामारीका कारण मुलुक आक्रान्त भएको जनाउँदै उनले यो अवस्थामा सरकारले लगाएको बन्दाबन्दी आफैंमा प्रयाप्त नभएको समेत जनाएका छन् । विज्ञप्तिमा महामारीसँग जुध्न सामाजिक परिचालनलाई अभियानका रूपमा सञ्चालन गर्न आग्रह गर्दै सरकारलाई स्वयंसेवकहरू परिचालन गर्न समेत सुझाव दिइएको छ । यो परिस्थितिमा सामाजिक परिचालन आवश्यक रहेको जनाउँदै यसप्रकारको सामाजिक अभियान सञ्चालन गर्ने अवस्थामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।
साथै पार्टीका सम्पूर्ण समितिहरु, विभित्र स्तरका नेता तथा कार्यकर्ताहरू, बुद्धिजीवी, चिकित्सक, स्वास्थ्यकर्मी र जनसमुदायमा समेत सरकारको मात्र भर नपरी कोरोना महामारीसँग जुध्न होसियारीपूर्वक सामाजिक स्तरमा स्वयंसेवकका रूपमा परिचालित हुन र महामारी नियन्त्रणमा सहयोग गर्न अपिल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण