काँग्रेस सभापति देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन् । सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, पार्टीको भूमिका सन्दर्भमा धारणा राख्ने छन् । उनले भने, ‘आजको पत्रकार सम्मेलन पार्टी गर्ने होइन । पार्टी सभापति आफैले गर्नु लाग्नुभएको हो ।’
देउवाले पत्रकार सम्मेलन गरेर कोरोना रोकथाम र जनजीविका विषयमा सरकारको ध्यानाकर्षण गराउने प्रयोजनका लागि आकस्मिक पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ । सम्मेलन मार्फत देउवाले पार्टीको १४ औं महाधिवेशन, अन्य समसामयिक विषयमा पनि धारणा सार्वजनिक गर्ने बताइएको छ । बिहीबारबाट काठमाडौं उपत्यकासहित एक दर्जन बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । दिनप्रति दिन कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
