शम्भुजित र मन्जुले गाए ‘पार्यो माया जालैमा’
बुधबार, २२ वैशाख २०७८, १० : ४१
लेजेन्ड संगीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा’ सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन् ।
शम्भुजितको स्वर दशकौ अगाडिका गीतमा जस्तो थियो यसमा पनि त्यस्तै सुन्न सकिन्छ । रोमान्टिक शैलीमा तयार गीतको शब्द, संगीत र स्वरको मिश्रण एकदमै राम्रो छ ।
गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा भिडियोमा पुष्पा खडका र सुनिसा बजगाईको अभिनय देख्न सकिन्छ । कोरस समेत प्रयोग गरिएको भिडियोमा बुद्ध थापाको छायाँकन र नवीन निरौलाको सम्पादन छ ।
दोलखा र गोर्खाको युवा युवतीबीचको प्रेमलाई दर्साइएको गीत श्रोता तथा दर्शकको रोजाइमा पर्ने गायक तथा संगीतकार शम्भुजितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण