अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको शव फेला
न्यू जर्सीबाट हराई रहेका नेपाली विद्यार्थी अजय शाहको शव फेला परेको छ ।
गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको शव मोरिस काउन्टी अभियोजक कार्यालयले प्राप्त गरेको जनाइएको छ। उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ ।
उनी गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव शाहले जानकारी गराएका थिए ।
शाह विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत थिए । उनका दाजु अमेरिकाको टेक्ससबाट भाइको खोजी गर्न न्यू जर्सी आएका थिए ।
नेपाल घर सिरहा भएका २२ वर्षीय शाहको शव गत सोमबार ब्रुक लिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ ।
अनुसन्धानकर्ताका अनुसार न्यू जर्सीबाट उनी न्यूयोर्कको पेन स्टेसनको लागि हिँडेको खुलासा भएको छ । गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका क्यामरामा पाइएका प्रमाणबाट उनले ब्रुकलिनको पुलमा आफ्नो साथमा क्यामरा भिरेको देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?