कपिलवस्तु कारागारकी जेलर महिलाको मृत्यु, कारागार शोकमग्न
पुनहरी घिमिरे
कपिलवस्तु– कपिलवस्तु कारागारमा एक जेलरको मृत्यु भएकोे छ । हृदयघातका कारण कारागारकी जेलर रेखा पुनको मृत्यु भएको हो ।
५० बर्षको उमेरमा पुनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । रक्तचाप कम भएपछि पुनको मुख र नाकबाट रगत आएको र रगत आएपछि अचेत भएकी पुनको उपचारका लागि मेडिकल कलेज भैरहवा लगिएको थियो । उपचारको क्रममा शुक्रबार राती जेलर पुनको सोही अस्पतालमा मृत्यु भएको थियो ।
शुक्रवार बिहान ६२ आंै प्रहरी दिवसको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलबस्तु तौलिहवामा सरिक भई दिनभरी कारागारमै जेलर पुनले काम गरेकी थिइन् ।
ड्युटी पुरा गरी सोही दिन साँझ सदाझै आफ्नै निजी सवारी साधनबाट रुपन्देहीको मंगलापुरमा रहेको घरमा गएकी उनको राति ८ बजेतिर छाती दुखेपछि उनलाई मेडिकल कलेज भैरहवा लगिएको थियो ।
पुनका श्रीमान र छोरी रहेको छोरी र ज्वाईँ हङकङ बस्दै आएका छन् । पुनको आइतबार अत्येष्टि गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण