‘रेलको बाटो’ गीतमा हुम्लावासीको मोटरको पीडा
शुक्रबार, २४ वैशाख २०७८, १८ : ५९
काठमाडौंँ । गायिका स्मृति शाहीको स्वर रहेको गीत ‘रेलको बाटो’ सार्वजनिक भएको छ । यसअघि सुरज पण्डितको स्वरमा आएको यो गीतले चर्चा पाउन सफल भएपछि फिमेल भर्सनमा ल्याइएको हो ।
कर्णाली प्रदेशको विकट गाउँ हुम्ला जिल्लाको परिवेशमा तयार पारिएको गीतका शब्द लेखराज गिरीले कोरेका हुन् । हुम्लावासीले भोग्नु परेको दुःख पीडा उजागर गरिएको गीतमा सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा मोटर पुग्ने आशामा जनता रहेको सन्देश समेटिएको छ ।
‘कर्णालीवासीले भोग्नु परेको व्यथालाई गीतमा देखाउने प्रयास गरिएको छ’ मोडल चिरञ्जिवी सापकोटाले भने । गीतको भिडियो एक महिना लगाएर निर्देशक लक्ष्मण सुनारले तयार गरेका हुन् । भिडियोमा चिरञ्जीवीको अलवा सरस्वती खत्री र स्थानीय कलाकारहरुको अभिनय समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण