१६ खर्ब हाराहारीको बजेट ल्याउने तयारी
अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ । यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले चालु आर्थिक वर्षको भन्दा बजेट वृद्धि हुन लागेको हो । गत वर्षको हाराहारीमा नै सामाजिक सुरक्षा भत्ता दिए पनि सामाजिक सुरक्षा नै थप १३ प्रतिशत लाग्ने आंकलन अर्थ मन्त्रालयको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरेकोमा मध्यावधि समीक्षा गरी १३ खर्ब ४४ खर्ब ६८ करोड बनाएको थियो । आर्थिक वर्ष २०७६–७७ मा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट अनुमान गरिएकोमा यथार्थ रुपमा १० खर्ब ९१ अर्ब मात्र खर्च गर्न सकेको थियो ।
यति नै आकारको बजेट हुने औपचारिक खाका तयार नभए पनि अर्थ मन्त्रालयले १६ खर्ब ५ अर्ब जतिको बनाउने तयारी थालेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।
राष्ट्रिय योजना आयोगले तयार गरेको तीनवर्षे मध्यकालीन बजेट अनुमान तथा प्रक्षेपणअनुसार आगामी आवमा १६ खर्ब ९७ अर्ब ७५ करोड रुपैयाँको बजेट तयार गर्नुपर्नेछ । प्रक्षेपणअनुसार चालू खर्च १० खर्ब, पुँजीगत खर्च ४ खर्ब ९२ अर्ब र वित्तीय व्यवस्था २ खर्ब रुपैयाँको हुने अनुमान छ । यद्यपि बजेट महाशाखा आयोगको प्रक्षेपण अनुरुप जान नसक्ने बताउँदै आएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण