आमाको सम्झनामा ‘माइ तोरा सन नई कोइ आन’
तोरे ममता के छाहैर तर पोसा क भेलौ सियान......माइ तोरा सन नई कोइ आन...........(तपाईको ममताको छायाँमा पालनपोषण भएर भए जवान.....आमा तपाई जस्तो कोही छैनन् अर्को) बोलको गीत गाएर सन्तोष सानुले आज आफ्नो आमालाई सम्झेका छन् ।
गायक सन्तोष सानुले आफ्नी आमालाई नौ वर्ष पहिले नै गुमाइसकेका छन् । आमाको स्मृतिमा उनले यो गीत रिलिज गरेका हुन् । ‘आमाको स्मृति दिवस र आमाको मुख हेर्ने दिन एक दुई दिनको फरकमा पर्ने भएका हुनाले मैले आफ्नो आमाको सम्झनामा यो गीत गाएको हुँ,’ उनी भन्छन्, यो गीत मैले नौ वर्ष पहिला नै गएको हुँ, मेरी आमा विरामी भएर अस्पतालमा भर्ना भएको बेला मैले अशोक दत्तलाई आग्रह गरेर गीत लेख्न लगाएको थिएँ । तर आमा जीवित हुँदासम्म यो गीत रिलिज हुनसकेन ।’
नौ वर्षपछि मात्र त्यो अवसर जुरेको बताउँदै गायक सोनुले यो गीत सबै आमाका लागि समर्पित गरेको बताए । सन्तोष सानु सप्तरी निवासी हुन् । उनी मैथिली, भोजपुरी, हिन्दी, नेपाली भाषाका गीत गाएका छन् । भारतमा लामो समय बसेर शिक्षा लिएका सन्तोष सानु अहिले काठमाडौँमा आफ्नै संगीतको इन्स्टिच्युट चलाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण