पत्रपत्रिका
सङ्क्रमणमा अघिल्लो दिनको तुलनामा सामान्य कमी
शुक्रबार, ३१ वैशाख २०७८, ०६ : ५२
कोरोना (कोभिड–१९) सङ्क्रमणमा अघिल्लो दिनको तुलनामा सामान्य कमी आएको छ । मृत्यु हुनेको सङ्ख्या बढेको छ । बिहीबार थप आठ हजार ९६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २१४ जनाको ज्यान गएको छ । अघिल्लो दिन नौ हजार ३०५ मा सङ्क्रमण देखिएको थियो भने १६८ को ज्यान गएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ४७४ जनाको पीसीआर र ७७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । बिहीबार थपिएका सङ्क्रमित सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार २०७ पुगेको छ । यस्तै क्वारेन्टाइनमा ४९७ जना छन् ।
मन्त्रालयका अनुसार एक हजार ३८१ आईसीयू र ३८० भेन्टिलेटरमा गरी एक हजार ७६१ जना सङ्क्रमित उपचाररत छन् । बिहीबार थप पाँच हजार ५५ जना सङ्क्रमित निको भएका छन् । हाल निको हुने दर ७४ दशमलव छ प्रतिशत रहेको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण