कोरोनाविरुद्ध सफलता हासिल गर्ने सङ्कल्पका साथ सरकार अगाडि बढेको प्रधानमन्त्रीको भनाई
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) विरुद्ध सफलता हासिल गर्ने सङ्कल्पका साथ सरकार अगाडि बढेको बताएका छन् ।
ललितपुरको गोदावरीमा निर्माण भएको गोदावरी सम्मेलन केन्द्रको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले तीन हजार सिट क्षमताको सुविधा सम्पन्न मुलुककै सबभन्दा ठूलो सो सम्मेलन केन्द्रको प्रधानमन्त्री निवास बालुवाटारबाट शुक्रबार भर्चुअल उद्घाटन गरे ।
कोरोनाका कारण मानिसहरूको ज्यान गइरहेको चिन्ता र दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको अभियानमा सरिक हुन सबैसँग आग्रहसमेत गरे । कोभिडविरुद्धको नीति र सरकारको काम सही रहेको बताउँदै उनले मानिसको ज्यान बचाउने कुरालाई सबभन्दा महत्वको विषय बनाएर सरकार अगाडि बढिरहेको स्पष्ट पारे ।
सम्मेलन केन्द्रको पूर्वाधारबारे उनले भने, ‘‘हामीले फेरि एउटा नयाँ सफलता प्राप्त गरेका छौँ । हाम्रो उपलब्धिको थप एउटा नयाँ सिँढी थपेका छौँ । विकास र आधुनिकताको बाटोमा फेरि एक कदम अगाडि बढेका छौँ ।’’
मुलुकलाई विकासको गतिमा अगाडि बढाउने हाम्रो साझा सङ्कल्पका कारण विकासका कामहरू भइरहेको चर्चा गर्दै उनले कोभिड–१९ विरुद्धको हाम्रो लडाइँ सँगसँगै हाम्रा विकास निर्माणका साथै आर्थिक क्रियाकलाप र आपूर्ति व्यवस्थासहित सामाजिक जनजीवनलाई गतिशील राख्ने प्रयास अगाडि बढाइएको स्पष्ट पारे ।
मुलुककै सबभन्दा बढी क्षमता भएको यस सभा हलले मुलुकको आकाङ्क्षालाई प्रतिविम्बित गरेको बताउँदै उहाँले जसरी उदाउँदो सूर्य उदाउँदै जान्छ त्यसरी नै हाम्रो अर्थतन्त्र र विकास उदाउँदै जान्छ भने ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण