गाँस कटाएर श्रमिकले पठाए सिलिन्डर
आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् ।
कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगाउँबाट अक्सिजन छैन भन्दै फेसबुकमा छिनछिन आइराख्ने सन्देशले मुटुमा घोच्छ । ‘फेसबुकको सन्देशले नेपालको अवस्था साँच्चिकै कहालीलाग्दो देखाउँछ,’ उनले भनिन्, ‘सास फेर्न नसकेको भिडियो देख्दा यो मन छियाछिया हुन्छ ।’
नेपालमा अक्सिजन पठाउन पाए हुन्थ्यो भन्ने लागिरहेका बेला गैरआवासीय नेपाली संघ कुवेतको सूचना आयो– ‘अक्सिजनको सिलिन्डर पठाउन आर्थिक सहयोग गरौं ।’ त्यो सूचना पाएकै दिन ढकालले एक दिनको तलब दिइन् । ‘हामी एभेन्युज मलमा क्लिनिङको काम गर्ने झन्डै एक सय ३५ जना दिदीबहिनी र दुई सय दाजुभाइ होलान् । सबै मिलेर एकै दिन एक लाख ५२ हजार रुपैयाँ उठायौं,’ उनले भनिन्, ‘यसले मनमा ठूलो सान्त्वना मिलेको छ ।’
एनआरएनए, कुवेतका अध्यक्ष सुजन केसीका अनुसार सिलिन्डर पठाउने अभियानमा कुवेतबाट मात्रै १० लाख रुपैयाँ संकलन भयो । ‘यो अभियानमा घरमा काम गर्ने दिदीबहिनी तथा दाजुभाइको पनि योगदान छ,’ उनले भने, ‘अहिले सबैको मनमा देशमा बढीभन्दा बढी अक्सिजनको सिलिन्डर पठाउन पाए हुन्थ्यो भन्ने छ ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण