बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

गाडी नगुड्दा पनि काठमाडौँमा प्रदूषण किन उस्तै ?

सोमबार, ०३ जेठ २०७८, ०६ : ३५
सोमबार, ०३ जेठ २०७८

राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ । कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा यति बेला गाडी अत्यन्तै न्यून संख्यामा गुडेका छन् । तर पनि काठमाडौँ विश्वका १० अति प्रदूषित सहरको सूचीमा छ । यस्तो किन भएको होला ? 

वायुको गुणस्तरसम्बन्धी तथ्यांक संकलन तथा प्रशोधन गर्ने स्विट्जरल्यान्डस्थित एयर भिजुयल नामक संस्थाका अनुसार गत सोमबार दिउँसो प्रदूषित सहरको सूचीमा विश्वका सय शहरमध्ये काठमाडौँ छैटौँ स्थानमा थियो । 

स्थानीय कारणसँगै देशका अन्य भागमा लाग्ने डढेलो, अन्य जिल्लामा कृषिजन्य वाली खेतमा डढाउँदा निस्किने उत्सर्जनसहितको प्रदूषित हावाको बहाव राजधानी खाल्डोमा आउँदा प्रदूषण बढ्ने गरेको मानिँदै आएको छ । यसैगरी भारत र अन्यत्रबाट समेत प्रदूषित हावा नेपाल भित्रिने गरेको विज्ञ औंल्याउँछन् ।

यो समाचार आजको नागरिक दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप