पत्रपत्रिका
सेयर बजारमा उछाल
सोमबार, ०३ जेठ २०७८, ०७ : ०४
देशमा कोरोना कहर चाप बढिरहँदा सेयर बजारमा भने उछाल आएको छ ।
निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ ।
जसका कारण सेयर बजारमा हरियाली छाउनुका साथै नयाँ रेकर्डसमेत बनेको छ । साताको पहिलो कारोबार दिनमा नेप्से परिसूचक ५४.२१ अङ्कले बढेर २७३८.२९ को बिन्दुमा पुगेको छ ।
यो नयाँ रेकर्ड हो । त्यस्तै, कारोबार पनि १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपियाँको भएको छ । यो उच्च कारोबार हो । नेप्सेको अनलाइन सिस्टममा सुधार आउँदा, बजारमा प्रशस्त तरलता हुँदा र विदेशमा बस्ने नेपालीले समेत सहजै लगानी गर्नसक्ने अवस्थाका कारण अहिलेको बजार बढेको लगानीकर्ताको भनाइ छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण