सकारात्मक मोडतर्फ एमाले
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमाले विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार १० सदस्यीय कार्यदल टुंगो लगाएका हुन् । सिंहदरबारमा ओली र नेपालबीचको ‘वान टु वान’ वार्तापछि कार्यदल टुंगो लागेको हो ।
कार्यदलमा ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् । ओली समूह नेतृत्व नेम्वाङले र नेपाल समूह नेतृत्व रावलले सम्हाल्ने भएका छन् ।
कार्यदललाई तीन दिनभित्र पार्टी विवाद समाधानको सुझावसहितको प्रतिवेदन बुझाउने समय दिइएको छ । त्यस अवधिमा कार्य सम्पन्न नभए ‘समय थप्न’ सकिने जनाइएको छ । वार्तापछि अध्यक्ष ओलीले पार्टी विवाद समाधान हुनेमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
२८ फागुनको निर्णय खारेज र २ जेठ २०७५ कै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने नेपाल समूहको मागमा अध्यक्ष ओली सहमत छन् । ओली र नेपालबीच कार्यदल बनाएरै सबै समस्या समाधान खोजिनेगरी छलफल हुँदै आएको छ ।
गत शुक्रबार र बिहीबार पार्टी विवाद ‘कसरी समाधान गर्ने रु’ भन्नेबारे केन्द्रित रहेर ओली र नेपालबीच छलफल भएको थियो । विवाद उत्कर्षमा पुगेकै बेला गत २७ वैशाखमा प्रधानमन्त्री ओलीलाई नेपाल समूहका सांसदले विश्वासको मतदान नगरी संसद् बैठक बहिष्कार गरेका थिए ।
दुवै समूह समानान्तरण कमिटी निर्माण गर्दै अघि बढेपछि पार्टी विवाद झन् बढदै गएको थियो । तर, नेताबीच कार्यदल गठन गरेर विवाद समाधान गर्ने सहमतिपछि एकता जोगिने विश्वास नेता कार्यकर्ताको छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण