देशभर १ लाख ११ हजार अक्सिजन सिलिन्डर
कोरोना महामारीबीच अक्सिजन अभाव भइरहेकै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो ७२ हजार २ सय ५० र सानो ३९ हजार १ सय १४ गरी कुल १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर रहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगमले ओमनबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर ल्याएको छ । चीनबाट प्राप्त हुनेमध्ये १६ सय अक्सिजन सिलिन्डर लिन निगमको कार्गो उडानले १५ देखि १८ मेसम्म नियमित उडान गर्नेछ ।
प्रधानमन्त्री कार्यालयले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि गत ३१ वैशाखमा ३ करोड ७७ लाख ४३ हजार ४ सय ३२ बराबरका २६ लाख १३ हजार १६ थान मेडिकल उपकरण र ५७ लाख ५७ हजार ६ सय ९६ बराबरका अक्सिजन तथा औषधि पैठारी भएको जनाएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण