हिमालय एयरलाइन्सले नेपालमा रोकिएका भारतियलाई साउदी अरेबिया लैजान चार्टर्ड उडान गर्दै
मङ्गलबार, ०४ जेठ २०७८, १४ : ३१
काठमाडौं । हिमालय एयरलाइन्सले नेपालमा रोकिएका भारतिय नागरिकलाई साउदी अरेबिया लैजानका लागि चार्टर्ड उडान गर्ने भएको छ । नेपाल सरकारको अनुमति अनुसार चार्टर्ड उडान गर्न लागिएको एयरलाइन्सले जनाएको हो । उडान आज (मे १८) काठमाडौं देखि साउदी अरेबियाको दम्मामका लागि ३ वटा उडान हुने पनि एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सले चार्टर्ड उडानका लागि नयाँ भाडादर पनि जारी गरेको छ । जसमा काठमाडौं देखि दम्मामका लागि ८२० अमेरिकी डलर तोकेको छ । साथै यात्रुले अनिवार्य रुपमा पीसीआर जाँच गरेको हुनुपर्नेछ । पीसीआर नेगेटिभ आउको रिपोर्ट देखाएर मात्रै यात्रा गर्न पाउने पनि एयरलाइन्सले जनाएको छ । यसैगरी, साउदी अरेबियाको नियमअनुसार यात्रुले अनिवार्य क्वारेन्टिनमा पनि बस्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण