कोरोनाको तेस्रो लहर आउनसक्छ, १२ वर्ष माथिकालाई खोप लगाउने तयारी गरौं : सभापति देउवा
मङ्गलबार, ०४ जेठ २०७८, १९ : ०८
काँग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तेश्रो लहर आउने सम्भावित खतरालाई मध्यनजर गर्र्दै सातवटै प्रदेशका अस्पतालमा विशेष वार्ड र आइसीय लगायतको तयारी गर्न सरकारसँग आग्रह गरेका छन् । सभापति देउवाले कोरोनाको तेश्रो लहरबाट बालबालिका बढी असुरक्षित हुनसक्ने विज्ञहरुको भनाइ रहेको बताउँदै १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन समेत आग्रह गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन्- ‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन्। म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड र आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण