सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

युवतीसँग सहमतीमा सम्बन्ध भयोः बलात्कार आरोपी साधु जैन मुनीले भने, जेल चलान

सोमबार, ३० असोज २०७४, ११ : ४८
सोमबार, ३० असोज २०७४

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेका जैन मुनि शान्ति सागर (४९) ले उनलाई फसाएको बताएका छन् । मेडिकलको क्रममा उनले डाक्टरलाई भने, ‘म ती युवतीलाई ५–६ महिनादेखि चिन्दछु । उनी पहिलो पटक मलाई सपरिवार भेट्न आएकी थिइन् । टिमलियावाड नानपुरा धर्मशालामा युवतीसँग सहमतीमा नै अक्टोबर १ तारिखमा सम्बन्ध स्थापित भयो । जीवनमा पहिलो पटक यस्तो गरेको हुँ ।’ यो कुरा डाक्टरले मेडिको लिगल केस रजिस्टरमा दर्ता गरेका छन् । डाक्टरले मुनीलाई सोधे, ‘तपाईं त साधु हुनुहुन्छ, किन यस्तो गर्नुभयो ?’ यसमा मुनीले टाउको झुकाए । पछि मुनीलाई जेल पठाइयो ।

नग्न सन्तलाई कपडा लगाइदिएर ल्यायो पुलिसः

शनिबार राती पक्राउ परेपछि १० देखि ११ः४५ सम्म मुनीको मेडिकल भएको थियो । त्यतिबेला आवश्यक स्याम्पल लिन सकिएन । डाक्टरका अनुसार मुनी तनावमा छन् । पुलिसले उनलाई जाँचका लागि दोस्रोपटक ल्याए ।

सूत्रका अनुसार मुद्दा संवेदनशील भएकाले पुलिसले फरेन्सिक जाँच गराउनका लागि पनि तयारी गरिरहेको छ । अदालतले जुडिसियल कस्टडी दिएपछि राती १२ः३५ मा मुनीलाई जेल पठाइयो ।

अनुसन्धान अधिकारी डिके राठौरका अनुसार यो केसमा चार साक्षीहरुले बयान दिएका छन् ।

शान्ति सागर दिगम्बर (नग्न) जैन सन्त हुन् । यी सन्त कपडा लगाउँदैनन् । तर पक्राउ परेपछि मेडिकल, कोर्टमा पेशी र जेल पठाउने क्रममा उनलाई कपडा लगाइदिएर पठाइयो ।

को हुन् शान्ति सागर ?

शान्ति सागर बाल्यवस्थादेखि जवानीसम्म एमपीको गुना डिस्ट्रिक्टमा काकासँगै बस्दथे । उनका एक साथीका अनुसार उनको नाम गिरराज शर्मा थियो । उनको परिवार कोटामा बस्दथ्यो । पिता सज्जनलाल शर्मा त्यही मिठाई पसल चलाउँथे ।

साथीका अनुसार गिरराज मोजमस्ती गर्नुपर्ने व्यक्ति थिए । अत्यधिक क्रिकेट खेल्दथे । पढाईमा औसत थिए । उनको साथीहरुको समूह तत्कालीन समयमा सबैभन्दा फेशनेबल युवाको थियो । लुगा होस् वा हेयरकट, नयाँ ट्रेन्डलाई सबैभन्दा पहिले यही समूहले अपनाउँथ्यो ।

गिरराज २२ वर्षको उमेरमा मन्दसौरमा जैन सन्तको सम्पर्कमा आए । पढाई अधुरो छोडेर त्यही दिक्षा लिएर गिरराजबाट शान्ति सागर महाराज बने । सन्यासी बनेको तीन दिन पछि उनी गुना फर्किएका थिए । दुई दिन त्यहाँ बिताएपछि उनी कहिले पनि गुना फर्किएका छैनन् ।

कसरी सार्वजनिक भयो घटनाः

जैन मुनी शन्ति सागरमाथि मध्यप्रदेशको ग्वालियरमा बस्ने १९ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोप छ । गुजरातको सूरतमा पुलिसले शुक्रबार उनीविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

शनिबार अबेर राती मेडिकल जाँचमा बलात्कार पुष्टि भएपछि शान्ति सागरलाई पक्राउ गरिएको थियो । त्यसपछि जैन कम्युनिष्टका केही संस्थाले मुनी पक्राउ गरेको विरोधमा प्रदर्शन पनि गरेका थिए ।

स्मरण रहोस्, आरोप लगाउने युवती वडोदरामा कलेजकी छात्रा हुन् । ती युवतीले पुलिस कमिश्नरलाई चिट्ठी लेखेर जैन मुनीले अक्टोबर १ तारिखमा नानपुरा टीमलियावाड जैन मन्दिरमा उनलाई बलात्कार गरेको जानकारी दिइन् । उनका अनुसार आफ्नो परिवारसँग उनी धार्मिक कार्यक्रको सिलसिलामा त्यहाँ गएकी थिइन् । जैन मुनी त्यतिबेला चतुर्मासका लागि बसिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप