संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा अन्तरिम आदेशका लागि पुनः पेशी
काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको बिरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले बुधवार सो रिटमा सुनुवाई गर्दै जेठ १७ मा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र मन्त्री परिषद्को कार्यालयलाई छलफलका लागी बोलाउन आदेश गरेको हो ।
अधिवक्ता डा.पुण्यप्रसाद खतिवडा समेतले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट दोस्रो पटक जारी गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन–०६६ लाई संशोधन गर्न बनेको अध्यादेश–०७८ कार्यान्वयन नगराउन माग गरेका छन् ।
वैशाख २८ मा परेको सो रिटमा न्यायाधीश खड्काको एकल इजलासले सरकारलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ । संवैधानिक नियुक्तिका लागि प्रधानमन्त्री सहित ३ जनाले निर्णय गर्नसक्ने गरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रोपटक अध्यादेश जारी गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण