शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियुद्वारा संसद विघटनको स्वागत

शनिबार, ०८ जेठ २०७८, १८ : ३५
शनिबार, ०८ जेठ २०७८

सत्तासीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मुलुकलाई अस्थिरताबाट चुनावतर्फ लैजाने प्रधानमन्त्रीको कदम सही रहेको भन्दै स्वागत गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले शनिवार विज्ञप्ति जारी गर्दै वाम गठबन्धन र पार्टीभित्रैबाट निरन्तर मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएकोले संवैधानिक रुपमै भएको प्रतिनिधिसभा विघटनले निकास दिने दाबी गरे ।

उनले चुनावमा जाने निर्णयको स्वागत गर्दै कोभिड महामारीबाट जनतालाई जोगाउन तत्काल कोभिड भ्याक्सिन सहज उपलब्ध गराउन माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप