बिक्न थाल्यो कुखुराका लागि धुलो दूध
कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् ।
दुग्ध विकास संस्थान (डीडीसी)का बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले एउटा कम्पनीले डीडीसी बाट तीन हजार केजी धुलो दूध खरिद गर्ने निश्चित भएको र प्रक्रिया सुरु भएको जानकारी दिए ।
उनले भने, “पहिलो लटमा तीन हजार केजी लिने सहमति भएको छ । उक्त दूध खोपमा प्रयोग गरेपछि त्यसको नतिजा राम्रो भयो भने थप लैजाने भनेको छ ।”
अहिले अर्डर गरेअनुसार तीन हजार केजी धुलो दूधलाई एक/एक केजीको पोका बनाउने काम भइरहेको छ । सोमबार वा मङ्गलबार उक्त दूध लैजाने तय भएको उनले जानकारी दिए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले किसान र उद्योगीको समस्या समाधान गर्न कुखुरा व्यवसायीले धुलो खरिदको प्रक्रिया सुरु गरेको जानकारी शुक्रबार आयोजित एक कार्यक्रममा दिएका थिए ।
दूध बिक्रीका लागि अन्य बजारको पनि खोजी भइरहेको उनले बताए हाल नेपाली बजारमा कुखुराका लागि दाना र खोपमा दैनिक २७ सय मेट्रिक टनभन्दा बढी धुलो दूध खपत हुँदै आएको छ । उक्त माग आन्तरिक बजारबाटै धान्न र दूध किसानको भुक्तान दिन स्वदेशी नै धुलो दूधको प्रयोगका लागि आग्रह गरिएको थियाे ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण