मकवानपुरमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु
आइतबार, ०९ जेठ २०७८, १२ : ५२
मकवानपुर । हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियु तथा भेन्टिलेटर कक्षमा उपचाररत ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिएका छन् ।
मृतक तीनै जना हेटौंडा उप महानगरपालिकाका हुन् । हेटौंडा–१५ का ४३ वर्षीय पुरुष, हेटौँडा–४ थाहा चोककी ६० वर्षीया महिला र हेटौँडा–५ का ८५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक तीनै जना जेठ १ गते यता कोरोना पुष्टि भएका र श्वासप्रश्वासमा समस्या भएका कारण हेटौँडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण