सल्यान अस्पतालमा एकैदिन ३ संक्रमितको मृत्यु
आइतबार, ०९ जेठ २०७८, १४ : २०
जिल्ला अस्पताल सल्यानमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र त्रिवेणी गाउँपालिकाका रहेका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यान दिएको जानकारीअनुसार छत्रेश्वरी गाउँपालिका ६ का ६३ वर्षीय पुरुष, बागचौर नगरपालिका ९ का ५२ वर्षीय पुरुष र त्रिवेणी गाउँपालिका ६ का ५८ वर्षीय पुरुष रहेका छन् ।
तीनैजनाको आइतबार बिहान सल्यान जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए । आइतबार तीन जनाको मृत्यु भएसँगै कोरोनाबाट सल्यानमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण