विवाहेत्तर सम्बन्ध : प्रेमीद्वारा प्रेमिकाको दुईजना नाबालक सन्तानको हत्या
बाराको कलैयामा एक प्रेमीले प्रेमिकाका दुईजना नाबालक सन्तानको हत्या गरेका छन् । विवाहेत्तर सम्बन्धका कारण सो हत्याकाण्ड भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
नाबालक हत्या गरेको आरोपमा कलैया उपमहानगरपालिका–७ घर भएका २५ वर्षीय फरमुलाह अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्रेर आइतबार सार्वजनिक गरेको छ । जेठ ४ मा कलैया–७ स्थित रंगपुरमा रहेको निर्माणाधिन मदरसामा गफार मियाँका छोराहरु ९ वर्षीय उसमान अन्सारी र ७ वर्षका अमिन अन्सारीको शव फेला परेको थियो ।
वैशाख ३ गते फरमुलाहले धारिलो हतियारले घाँटी रेटेर उनीहरुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
फरमुलाह र गफारकी पत्नीबीच विवाहेत्तर सम्बन्ध रहेको थियो । बालकहरुको कारण गफारकी पत्नीसँगको सम्बन्ध बाहिरिने डरले नाबालकको हत्या गरेको उनले प्रहरीलाई साविती बयान दिएका छन् । वैशाख ३ मा प्रेमिका दुई छोरीसहित माइत गएको मौकामा उनले नाबालकको हत्या गरेका थिए ।
प्रेमिकालाई भगाउन खोज्दा फरमुलाहले बच्चालाई बाधक देखे । प्रेमिकासँग उनले सापटी पैसा पनि लिएका थिए ।
हत्या गरिएका उसमान र अमिनका बुवा गफार मियाँ पछिल्लो ३ वर्षयता वैदेशिक रोजगारीमा छन् । विदेशबाट पठाएको पैसा उनकी पत्नीले फरमुलाहलाई सापट दिने गरेका थिए । सो पैसा पचाउने उद्देश्यले पनि उनले नाबालकको हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी मिश्रले बताए ।
गफारका दुई छोरा, दुई छोरी र श्रीमती कलैयामा बस्दै आएका थिए । हत्या आरोपी फरमुलाह अन्सारी छिमेकी गफारको घरमा जाँदाजाँदै उनको श्रीमतीसँग अनैतिक सम्बन्ध भएको प्रहरीको अनुसन्धान बाट खुलेको छ । बच्चाको कारण नै पछिल्लो समय दुई प्रेमी प्रेमिकाबीचको संबन्ध चिसिदै गएको आरोपीले बयानमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा