एक महिनाको अवधिमा कसैको पनि मृत्यु नभएको रात
कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार राति बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले शनिबार अपराह्न चार बजेदेखि आइतबार दिउँसोसम्म बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा पहिलोपटक जिल्लाका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको बताए ।
तर, सो अवधीमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका आठजना सङ्क्रमितको भने उपचारकै क्रममा रातभरिमा मृत्यु भएको उनले बताए ।
फोकल पर्सन ओलीका अनुसार गत एक महिनायता रातभरि र अर्को दिन दिउँसोसम्म बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको यो पहिलोपटक हो । यसअघि हरेक राति जिल्लाका पाँचदेखि १० जनासम्मको मृत्यु हुँदै आएको थियोध्र बाहिरी जिल्लाबाट आएर उपचार गराइरहेकामध्ये गएराति ६ जनाको भेरी अस्पताल र दुईजनाको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको ओलीले बताए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण